वित्तीय दौडमा कामना सेवा विकास बैङ्क र महालक्ष्मी विकास बैङ्क मध्ये को अगाडि ?


ज्ञानमाण्डू। आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका दुई वटा विकास बैङ्कहरू कामना सेवा विकास बैङ्क र महालक्ष्मी विकास बैङ्कलाई आ. व. २०७६/७७ र आ. व. २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एक आपसमा तुलना गर्ने प्रयास गरिएको छ ।

चुक्ता पुँजी: आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा, महालक्ष्मी विकास बैङ्कको चुक्ता पुँजी ८.८० प्रतिशतले बढेर ३ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ भने कामना सेवा विकास बैङ्कको चुक्ता पुँजी ४.४० प्रतिशतले बढेर २ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ ।

निक्षेप संकलन: ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी कामना सेवा विकास बैङ्क निक्षेप सङ्कलनमा महालक्ष्मी विकास बैङ्क भन्दा अगाडि रहेको छ । महालक्ष्मी विकास बैङ्कको निक्षेप सङ्कलन भने ३८ अर्ब ६० करोड रुपैयाँ रहेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा कामना सेवा विकास बैङ्कले ३९.३२ प्रतिशतले र महालक्ष्मी विकास बैङ्कले ४.४१ प्रतिशतले निक्षेप सङ्कलनमा वृद्धि गरेको देखिन्छ ।

कर्जा लगानी: कामना सेवा विकास बैङ्कले ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गर्दा महालक्ष्मी विकास बैङ्कले भने ३० अर्ब १० करोड रुपैयाँ कर्जा लगानी गरेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा कामना सेवा विकास बैङ्कले आक्रामक रूपमा ४९.७७ प्रतिशतले कर्जा लगानीमा वृद्धि गरेको देखिन्छ भने महालक्ष्मी विकास बैङ्कले भने २.२७ प्रतिशतले कर्जा लगानी बढाएको छ ।

खुद ब्याज आम्दानी: महालक्ष्मी विकास बैङ्कले व्यवसाय विस्तारबाट कामना सेवा विकास बैङ्कले भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ। महालक्ष्मी विकास बैङ्कले १ अर्ब ५६ करोड रुपैयाँ र कामना सेवा विकास बैङ्कले १ अर्ब ४९ करोड खुद ब्याज आम्दानी गरेका छन् । खुद ब्याज आम्दानीमा कामना सेवा विकास बैङ्कले २९.९२ प्रतिशतको वृद्धि हासिल गर्दा महालक्ष्मी विकास बैङ्कले १.५० प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि गरेको छ ।

नाफा: महालक्ष्मी विकास बैङ्कले ७३ करोड २९ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ भने कामना सेवा विकास बैङ्कले ७० करोड रुपैयाँ नाफा कमाएको देखिन्छ । कामना सेवा विकास बैङ्कले ४८४.९० प्रतिशतले नाफा वृद्धि गर्दा महालक्ष्मी विकास बैङ्कले ७१.०२ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।


जगेडा कोष: महालक्ष्मी विकास बैङ्कले जगेडा काेषलाई ११.८४ प्रतिशतले बढाएर १ अर्ब ५९ करोड रुपैयाँ कायम गरेको छ भने कामना सेवा विकास बैङ्कले जगेडा काेषलाई ५५.१७ प्रतिशतले बढाएर ८४ करोड ४३ लाख रुपैयाँ पुर्याएकाे छ।

सञ्चित मुनाफा: कामना सेवा विकास बैङ्कको सञ्चित मुनाफा ४४ करोड ४८ लाख रुपैयाँ रहेको छ भने महालक्ष्मी विकास बैङ्कको ५६ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

वितरण योग्य मुनाफा: महालक्ष्मी विकास बैङ्कको वितरण योग्य मुनाफा ५६ करोड ३८ लाख रुपैयाँ रहेको छ भने कामना सेवा विकास बैङ्कको ४३ करोड ४५ लाख रुपैयाँ वितरण योग्य मुनाफा रहेको छ ।

निष्क्रिय कर्जा: कामना विकास बैङ्कको निष्क्रिय कर्जा महालक्ष्मी विकास बैङ्कको भन्दा कम १ दशमलव ५ प्रतिशत देखिन्छ भने महालक्ष्मी विकास बैङ्कको ३ दशमलव ३२ प्रतिशत निष्क्रिय कर्जा देखिन्छ ।

प्रति शेयर आम्दानी: महालक्ष्मी विकास बैङ्कको प्रति शेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा रहेको छ भने कामना सेवा विकास बैङ्क प्रति शेयर आम्दानी २६ रुपैयाँ ४० पैसा सहित अघि छ ।

मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्यको आधारमा कामना सेवा विकास बैङ्कको मूल्य आम्दानी अनुपात २२.४२ गुणा छ भने महालक्ष्मी विकास बैङ्कको मूल्य आम्दानी अनुपात २२.९६ गुणा रहेको छ ।

Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x