लक्ष्मी इक्विटी फण्डको ३५% लाभांशका लागि कहिले छ बुक क्लोज ?


ज्ञानमाण्डू।लक्ष्मी बैंक लिमिटेड प्रवर्द्धक रहेको तथा लक्ष्मी क्यापिटल मर्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित बन्दमुखी म्युचुअल फण्ड योजना लक्ष्मी इक्विटी फण्डले आफ्ना इकाईधनीहरुलाई योजना प्रतिफल (लाभांश) को लागि मिति २०७८ साल श्रावण १५ गते १ दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अर्थ श्रावण १४ गते सम्म कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन् । आर्थिक वर्ष २०७७/७८ को लागि लक्ष्मी इक्विटी फण्ड नामक म्युचुअल फण्डले इकाईधनीहरुलाई ३५% नगद लाभांश (कर सहित) वितरण गर्न लागेको हो।

जेष्ठ मसान्त सम्ममा फण्डको प्रति इकाई खुद मुल्य रु. १६.१३ रहेको छ भने असार २५ गते सम्म प्रति इकाई खुद मुल्य रु.१५.६६ कायम रहेको छ। हाल श्रावण ०७ गतेको करोबार अनुसार लक्ष्मी इक्विटी फण्डको बजार प्रति इकाई मुल्य रु.१७.५८ रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x