७१.०२ प्रतिशतले नाफा वृद्धि गरेको महालक्ष्मी विकास बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

 mahalaxmi bikas bank

ज्ञानमाण्डू। महालक्ष्मी विकास बैङ्कको नाफा ७१.०२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ४२ कराेड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ७३ कराेड २९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब ३४ कराेड रुपैयाँ चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैङ्कले ३८ अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरी ३० अर्ब १० कराेड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ५९ करोड रुपैयाँ र संचित मुनाफा ५६ कराेड ७६ लाख रूपैयाँ रहेको छ ।


बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १.५० प्रतिशतले बढेर १ अर्ब ५६ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ५६ कराेड ३८ लाख रुपैयाँ रहेकाे छ अर्थात महालक्ष्मी विकास बैंकले आफ्ना शेयरधनिहरूलाई १६ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे निष्कृय कर्जा अनुपात ३.३२ प्रतिशत र प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ७५ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४८१ काे आधारमा मूल्य आम्दानी अनुपात २१.९४ गुणा रहेकाे छ ।

महालक्ष्मी विकास बैङ्कको आ.व. २०७७/७८ को चाैथाे त्रैमासको वित्तिय विवरण हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x