बिक्री खुलेकै दिन जीवन विकास लघुवित्तको आईपीओमा मागभन्दा ४ गुणा बढी आवेदन

ज्ञानमाण्डू।जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि अषाढ ११ गतेदेखि बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ)मा ७३ लाख ८१ हजार ६० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार जीवन विकास लघुवित्त वितिय संस्था लिमिटेडको आईपीओमा बिक्री खुला भएको पहिलो दिन अर्थात शुक्रबार कार्यालय समयसम्ममा ४ लाख ७३ हजार ५२१ जना आवेदकले ७३ करोड ८१ लाख ६ हजार रुपैंया बराबरको ७३ लाख ८१ हजार ६० कित्ता प्राथमिक शेयरका लागि आवेदन दिएका छन् ।

यसर्थ, लघुवित्तले सर्वसाधारणका लागि निष्काशनमा ल्याएको १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयरलाई आधार मान्दा कम्पनीको आईपीओमा शुक्रबार कार्यालय समयसम्ममा मागभन्दा ४ गुणा बढी आवेदन परेको देखिन्छ।

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो कूल जारी पूँजी ६० करोड ८४ लाख रुपैंयाको ३२.५०% अर्थात् १९ करोड ७७ लाख ३० हजार रुपैंया रकम बराबरको प्रति कित्ता रु. १००/- अंकितका दरले १९ लाख ७७ हजार ३ सय कित्ता साधारण शेयर मध्ये कूल जारी पूँजीको ०.५% अर्थात् ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुलाई र ५% अर्थात् ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि संरक्षण गरि, बाँकि रहने १८ लाख ४८ हजार १५ कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्काशन गरेको हो। 

कम्पनीको आईपीओमा छिटोमा अषाढ १५ गतेसम्ममा आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १००० कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत पनि प्राथमिक शेयर(आईपीओ)का लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

यस जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ICRA Nepal Limited ले मिति २०७७/११/१७ मा “समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित तथा यस संस्थामा मध्यम क्रेडिट जोखिम रहने ICRANP -IR] BBB- Prounced as ICRANP Issuer Rating Triple B Minus ]” प्रदान गरेको छ। उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०५८/११/१६ सम्म रहनेछ । 

यस कम्पनीको हाल चुक्ता पूँजी रु. ४१,०६,७०,०००/- (अक्षरेपी एकचालीस करोड छ लाख सतरी हजार रुपैया) रहेको छ जसलाई रु. १००/- का दरले ४१,०६,७०० (एकचालीस लाख छ हजार सात सय) कित्ता शेयरमा विभाजन गरिएको छ। सर्वसाधारणलाई रु. १९,७७,३०,०००/- (अक्षरेपी उन्नाईस करोड सत्हत्तर लाख तीस हजार) रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी रु. ६०,८४,००,०००/- (अक्षरेपी साठ्ठी करोड चौरासी लाख) हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x