नेप्सेमा प्रभु सेलेक्ट फण्डको १२ करोड ५० लाख इकाई सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार, मिति २०७८ ०३/०७ गतेका दिन प्रभु सेलेक्ट फण्ड नामक सामूहिक लगानी कोष सूचीकृत भएको छ । अषाढ ०७ का दिन नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र प्रभु क्यापिटल लिमिटेड बिच प्रति इकाई मूल्य रु. १०/- कायम भएको १२ करोड ५० लाख सामूहिक लगानी कोष इकाईको प्रभु सेलेक्ट फण्ड सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो। 

कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त धितोपत्रको कोड PSF कायम गरिएको नेप्सेले जानकारी दिएको छ । यससँगै फण्डको इकाई मंगलबारदेखि दोस्रो बजारमा कारोबार खुल्नेछ । प्रभु क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अङ्कित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फण्डको आकार बढाएर १२ करोड ५० लाख इकाई बनाइएको थियो । सोही इकाई नेप्सेमा सूचीकृत भएको हो ।
 
सात वर्षे बन्द मुखी यस ‘प्रभु सेलेक्ट फण्ड' नामक योजना अन्तर्गत कम्पनीले निष्कासन गरेको कुल इकाईको १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैङ्क लिमिटेडलाई तथा कुल इकाईको १ प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक प्रभु क्यापिटल सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्ने प्रावधान रहेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेपाल स्टक एक्सचेञ्जमा कारोबार हुन सक्ने गरी संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गरी उक्त संस्थाको शेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x