घरमा सुत्केरी हुने शून्य

ज्ञानमाण्डू।शिवराज नगरपालिका–१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो । वडा कार्यालयले उनलाई एक क्यारेट अण्डा र गर्भ स्याहारसम्बन्धी तालीम दियो । तालीमपश्चात् उनले अहिले दैनिकी एउटा अण्डा खाने गरेकी छिन् । पहिलो पटक वडाले सहयोग गरेको र त्यसपछि घरपरिवारले नै अण्डा ल्याइदिने गरेको उनले बताइन् । त्यस्तै १५ दिने सुत्केरी हरिकला बेल्वासेलाई वडाध्यक्षले घरमै गएर घ्यु, मह र पौष्टिक पाउडर दिए भने स्वास्थ्यकर्मीले स्वास्थ्य जाँच पनि गरे । आफू र बच्चालाई वडाले गरेको सहयोगप्रति थारू खुसी छिन् । 

शिवराज नगरपालिका–१ का ६० जना गर्भवतीलाई वडा कार्यालयले प्रति महिला एक क्यारेट अण्डा र तालीम दिएको छ । गर्भवतीलाई स्वस्थ राख्नका लागि अण्डा तथा तालीम प्रदान गर्न नगरले प्रति वडा रु ५० हजार रकम विनियोजन गरेको छ । नगरमा रहेका ११ वडामध्ये गर्भवतीलाई कोसेली दिने पहिलो वडा बनेको छ । वडामा रहेका सबै गर्भवतीसँग स्वास्थ्य कर्मी सम्पर्कमा रहेको वडाध्यक्ष जगत क्षेत्रीले जानकारी दिए । स्वस्थ बच्चा जन्माउन पौष्टिक आहार र स्याहारसुसारमा विशेष ध्यान परिवारले दिनुपर्ने वडाध्यक्ष क्षेत्रीले बताए ।

त्यस्तै वडाले माघ महिनामा १४ जना सुत्केरीलाई आधा किलो घ्यू, आधा किलो मह र एक प्याकेट पौष्टिक पाउडरसहित घरमै गएर स्वास्थ्य जाँच गरेको छ । गत फागुन महिनामा १६ जना सुत्केरीलाई उक्त आहार वितरण गरिएको हो । वडा कार्यालय र शिवपुर स्वास्थ्य चौकीको सहकार्यमा सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले जानकारी दिए । पछिल्लो समय घरमा सुत्केरी गराउनेको सङ्ख्या शून्य रहेको पौडेलले बताए । “पहिला स्वास्थ्य स्वेयम्सेविकाले गर्भवतीलाई स्वास्थ्य संस्थामा ल्याउने गर्नुहुन्थ्यो अहिल आफैँ आउनुहुन्छ” प्रमुख पौडेलले भने  “उमेर पुगेका महिला रहेकाले मातृ मृत्युदर पनि कम छ ।” वडा कार्यालयले वडाभित्र रहेका गर्भवतीका घरमा हरियो झन्डा कार्यक्रमसमेत लागू गरेको छ । वडाभित्र रहेका सबै गर्भवतीको घरमा हरियो झन्डा फरफराइरहेको हुन्छ । गर्भवतीको पहिचान गर्न सहज होस् भन्ने उद्देश्य उक्त कार्यक्रम लागू गरेको हो । गर्भवती, सुत्केरीलाई लक्षित गरी वडाले विभिन्न कार्यक्रम गरेका छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x