जनता बैंककाे नाफा ३६ करोड ६९ लाख

ज्ञानमाण्डू। जनता बैंकको नाफा १३.९७ प्रतिशतले वृद्धि भएको छ । गत आ.व.को यसै अवधिमा बैङ्कले ३२ करोड १९ लाख नाफा कमाएको थियो भने अहिले ३६ करोड ६९ लाख नाफा कमाएको देखिन्छ । 

८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ रुपैयाँ चुक्ता पुँजी रहेको जनता बैंकले ७५ अर्ब ३ करोड ९० लाख ५१ हजार १ सय ७८ रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ५९ करोड ८८ लाख ४२ हजार ४ सय ३ रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा (Reserve+Retained Earnings) ३ अर्ब ३ लाख ३८ हजार ५ सय ३२ रुपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.४७ प्रतिशतले वृद्धि भएर ९९ करोड ७५ लाख ५९ हजार ६ सय ७६ रुपैयाँ पुगेकाे छ । बैङ्कमा निष्कृय कर्जा अनुपात १.३३ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५० पैसा छ र मूल्य आम्दानी अनुपात ११.६६ गुणा बढी छ ।
Image result for janata bank

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x