धितोपत्र बजारमा गिरावट, नेप्से २९६९.६९ को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २९६९ दशमलव ६९ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ८ दशमलव ५६ अंकले घटेर ५४१ दशमलव ७० को विन्दुमा पुगेको छ ।

आज कूल २१९ कम्पनीका २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता शेयर रु १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये लघुवित्त १३९.७४ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ९ दशमलव ३३ अङ्कले घढ्दा ट्रेडिङ उपसमूह १०३ दशमलव ०६ अङ्कले, होटल तथा पर्यटन २०२.१५ अङ्कले, विकास बैंक १९४.९५ अङ्कले, जलविद्युत् उपसमूह १४९.४९ अङ्कले, वित्त १७२.६८ अङ्कले, निर्जीवन बीमा ४०३.१२ अङ्कले, उत्पादन २०४.२२ अङ्कले, अन्य उपसमूह ७०.२५ अङ्कले, जीवन बीमा ४०५.८३ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०३ अङ्कले र लगानी उपसमूह २ दशमलव ८८ अङ्कले घटेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x