धितोपत्र बजारमा नयाँ ईतिहास, ९ अर्ब बढीको कारोबार हुँदा झन्डै दर्जन कम्पनीमा सकारात्मक सर्किट


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदै नयाँ ईतिहास रचेको छ । साताको दोस्रो कारोबारी दिन नेप्से परिसूचक २० दशमलव ७१ अङ्कले बढेर २७५९ दशमलव २१ को सर्वाधिक उच्च विन्दुमा कायम हुँदै अलटाइम हाइ रेकर्ड बनाएको छ । नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशतले उकालो लाग्दा आज झन्डै एक दर्जन कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस्तै, सेन्सेटिभ परिसूचक ४ दशमलव ४५ अङ्कले बढेर ४९२ दशमलव ५८ को विन्दुमा पुगेको छ ।



आज कूल २१८ कम्पनीका १ करोड ९० लाख ५६ हजार २३६ कित्ता शेयर रु ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार १३९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये तिन उपसमूहको शेयर ओरालो लागेको छ । आज होटल तथा पर्यटन उपसमूह १२ दशमलव ७९ अङ्कले घट्दा विकस बैंक उपसमूह शुन्य दशमलव ५५ अङ्कले र उत्पादन उपसमूह ४३ दशमलव ५६ अङ्कले घटेको छ ।


कारोबारको आधारमा आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ । आज नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको ६६ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज यथावत रहेको छ । त्यस्तै, नेपाल दूरसंचार कम्पनी लिमिटेडको ४२ करोड ६९ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मूल्य धितोपत्र बजारमा आज ४ दशमलव ७८ प्रतिशतले वृद्धि भएको छ ।

यता शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको ३१ करोड ७९ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यसै गरी, अरुण काबेली पावर लिमिटेडको २५ करो ड रुपैयाँ माथिको र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको २१ करोड ५३ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ। नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, निफ्रा र सानिमा बैंक लिमिटेडको १८ करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।


नेप्से परिसूचक शून्य दशमलव ७६ प्रतिशतले उकालो लाग्दा आज झन्डै एक दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज रुरु जलविद्युत परियोजना लिमिटेडका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरी, समता लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन्। यता, कर्पोरेट डेभेलपमेन्ट बैङ्क लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले, प्रोग्रेशिभ फाइनान्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८९ प्रतिशतका दरले, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले, पन्चकन्या माई कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७५ प्रतिशतका दरले, नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले, रिडी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७३ प्रतिशतका दरले र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ७२ प्रतिशतका दरले कमाएका छन्।

आज जलविद्युत उपसमूह २ दशमलव ५२ प्रतिशतले र अन्य उपसमूह २ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ।


आज १०.२५% नेपाल बंगलादेश बैंक ऋणपत्र २०८५ का लगानीकर्ताले अधिकतम गुमाएका छन् ।उक्त ऋणपत्रका लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् । यता, ११% एन आईसी एशिया ऋणपत्र २०८२/८३ का लगानीकर्ताले १ दशमलव ९१ प्रतिशतका दरले गुमाएका छन् भने विशाल बजार कम्पनी लिमिटेडका लगानीकर्ताले १ दशमलव ८४ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, श्री इन्भेष्मेन्ट फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले १ दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन्।

आज उत्पादन उपसमूह शुन्य दशमलव ७२ प्रतिशतले घटेको छ। यता, विकस बैंक उपसमूह शुन्य दशमलव शुन्य २ प्रतिशतले र होटल तथा पर्यटन उपसमूह शुन्य दशमलव ३९ प्रतिशतले गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x