कर्मचारीहरूको तलब, भत्तामा ग्लोबल आइएमईद्वारा सर्वाधिक खर्च, कुन वाणिज्य बैङ्कको कति ?

commercial banks of nepal

ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७७/७८ को ९ महिनाको अवधिमा नेपालका २७ वाणिज्य बैङ्कहरूले आफ्ना कर्मचारीहरूको तलब, भत्ता र सुविधामा करिब ३७ अर्ब ४० करोड रकम खर्च गरेका छन् भने औसतमा एक वाणिज्य बैङ्कले १ अर्ब ३९ करोड खर्च गर्ने गरेको देखिन्छ। वाणिज्य बैङ्कहरू मध्ये कर्मचारीहरूको ठुलो सङ्ख्या रहेको ग्लोबल आइएमई बैङ्कले चैत्र मसान्तसम्म सर्वाधिक २ अर्ब ३८ करोड रुपैयाँ कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ भने सोही शीर्षकमा गरिएको खर्चका आधारमा दोस्रो स्थानमा रहेको कृषि विकास बैङ्कले २ अर्ब ३६ करोड खर्च गरेको देखिन्छ।

त्यस्तै सरकारी लगानी रहेको अर्को वाणिज्य बैङ्क राष्ट्रिय वाणिज्य बैङ्कले २ अर्ब ३१ करोड खर्च गरेको छ भने आक्रामक रूपमा शाखाहरू र व्यापार विस्तार गर्दै आएको एनआइसी एशिया बैङ्कले २ अर्ब २९ करोड रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ।

वाणिज्य बैङ्कहरू मध्येको लिडर बैङ्क मानिने नबिल बैङ्कले १ अर्ब ८५ करोड रकम कर्मचारीको तलब, भत्ता र सुविधामा खर्च गरेको देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x