नबिल बैंककोे ग्राहक प्रविधिमैत्री सेवा प्रारम्भ

ज्ञानमाण्डू। विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले घरमै बसी अनलाईन मार्फत सहज तथा सरल तरिका बाट खाता खोली सिमित कारोबार समेत गर्न सकिने  सुविधा प्रारम्भ गरेको कुरा एक प्रेस विज्ञप्तीद्धारा जनाएको छ । 

यस अन्तर्गत ग्राहकहरुले बैंक शाखामा नआई आफ्नै घरबाट खाता खोली इन्टर्नेट बैंकिंग, मोबाइल बैंकिंग जस्ता डिजिटल बैंकिंग सुविधाहरुको तत्काल लाभ लिन सक्नेछन् । मोबाइल बैंकिंग सुबिधा अन्तर्गत  ग्राहकहरुले रिचार्र्ज गर्ने बिल भुक्तानी, बीमा प्रीमियम भुक्तानी गर्ने, रकम रकमांतर गर्ने जस्ता कार्यहरु समेत आफ्नै घरबाट मोबाइल मार्फत गर्न सक्नेछन् ।


साथै यो सुविधा कोभिड १९ संक्रामण न्युनीकरण एवम् ग्राहकहरुको स्वास्थ सुरक्षाको प्रत्याभूत गरी सिमित अवधि र सिमित कारोबारका लागि प्रदान गरिने जनाएको छं ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । देश भर ११८ शाखाहरु र १७७ एटिएम संजाल रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको  उच्च सन्तुष्टी एवम आधुनिक प्रबिधि बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x