भेट्रान लगानीकर्ता अम्बिका पौडेलले देखे शेयर बजारमा ५ सुखद संकेत, लगानीकर्तालाई यस्तो टिप्स


ज्ञानमाण्डू। शेयर बजारका आगामी दिनहरू प्रति उत्साहित भेट्रान तथा अनुभवी लगानीकर्ता अम्बिका प्रसाद पौडेलले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुँजी बजारको लागि सुखद सङ्केत आउनुका ५ कारणहरू उल्लेख गर्नुभएको छ।

पौडेलका अनुसार भविष्यमा पुँजी बजारमा सुखद सङ्केत आउनुका कारणहरू :

  • बचत तथा मुद्धति खातामा प्रदान गरिने घट्दो ब्याजदर 
  • बैङ्क तथा वित्तीय संस्थाहरूको प्रत्येक महिना प्रकाशित घट्दो आधार दर
  • अन्य क्षेत्रमा फेरी लगानी सङ्कुचन हुनु 
  • आयातमा फेरी सङ्कुचन आउन सुरु गर्नु 
  • सूचीकृत कम्पनीको तेस्रो त्रैमासिक रिपोर्ट उत्साहजनक आउनु

उहाँले लगानीकर्तालाई वित्तीय स्थिति र वार्षिक रूपमा प्रदान गर्ने प्रतिफल अनि वर्तमानको मूल्यका आधारमा कम्पनी छनौट गर्न आग्रह पनि गर्नुभएको छ । पौडेलका अनुसार पुँजीगत लाभको हिस्सा अझै धेरै बाँकी देखिन्छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x