करिब ४ अर्ब वितरणयोग्य मुनाफा रहेकाे नबिल बैङ्कको लाभांश वितरण गर्ने क्षमता कति ?



ज्ञानमाण्डू। नबिल बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैङ्कले खुद नाफामा वृद्धि गरेको छ भने वितरणयोग्य मुनाफामा सन्तोषजनक रहेको छ। यस बैङ्कका अन्य समग्र वित्तीय विवरणका परिसूचकहरूमा सामान्य सुधार देखिएको छ। 

नबिल बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ३ अर्ब ६७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैङ्कले गत आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ३ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैङ्कको नाफामा गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ५० प्रतिशतको वृद्धि भएको देखिन्छ।

समीक्षा अवधि(चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमास अर्थात् चैत मसान्त)सम्ममा बैङ्कको वितरणयोग्य मुनाफा ३ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ५ दशमलव ०९ प्रतिशतले घटेको छ । गत चालू आ.व. २०७६/७७ को तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ५ अर्ब ३७ करोड रुपैयाँ आम्दानी गरेको नबिल बैङ्क लिमिटेडको खुद ब्याज आम्दानी घटेर चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आई पुग्दा ५ अर्ब ०९ करोड रुपैयाँमा सिमित भएको छ ।

चालू आ.व. को तेस्रो त्रैमाससम्म १३ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कको जगेडा कोषमा १३ अर्ब ८४ करोड रुपैयाँ सञ्चित छ भने चालू आ.व. को तेस्रो त्रैमाससम्म बैङ्कको सञ्चित मुनाफा ३ अर्ब ६८ करोड रहेको देखिन्छ।

बैङ्कले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा २ खर्ब ८ अर्ब निक्षेप सङ्कलन गरि १ खर्ब ८६ अर्ब कर्जा प्रवाह गरेको छ।

गत आर्थिक वर्षको अन्त्यमा ० दशमलव ६३ प्रतिशत रहेको नबिल बैङ्क लिमिटेडको निष्क्रिय कर्जा यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा ० दशमलव ४८ प्रतिशतमा कायम भएको बैङ्कले जनाएको छ ।

यस अवधिसम्ममा बैङ्कको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४० पैसा पुगेको छ । सो अवधिसम्ममा बैङ्कको मूल्य आम्दानी अनुपात ३७ दशमलव ९१ गुणा रहेको छ ।

नबिल बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमाससम्ममा वितरणयोग्य मुनाफा ३ अर्ब ८० करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। उक्त वितरणयोग्य मुनाफालाई वार्षिक करण गर्दा वितरणयोग्य मुनाफा ४ अर्ब ९० करोड हुन आउँछ। उक्त वार्षिकरण गरिएको वितरणयोग्य मुनाफालाई हाल कायम शेयर सङ्ख्या १३ करोड ४८ लाख १ हजार ५९० कित्ता शेयरले भाग गर्दा ३६ दशमलव ३ प्रतिशत हुन आउँछ। यस अर्थ, नबिल बैङ्क लिमिटेडले चालू आ.व. २०७७/७८ मा ३६ प्रतिशत लाभांश आफ्ना लगानीकर्ताहरू माझ वितरण गर्ने क्षमता बनाएको देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x