नयाँ एप प्रयोगकर्तालाई गृहप्रवेश अन्तर्गत आइएमई पेको सयमा सय बोनस अफर

ज्ञानमाण्डू।‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

ime pay

सो स्किममा सहभागी बन्नका लागि आइएमई पे डाउनलोड गरी आफ्नो मोबाइल नम्बर दर्ता गर्नुपर्नेछ । प्रयोगकर्ताको व्यक्तिगत विवरण (केवासी) फारम भरी कुनै न कुनै माध्यबाट आइएमई पे वालेटमा रू. १ सय जम्मा गर्नु पर्नेछ भने स्किम अन्तर्गत प्रयोगकर्ताले रू. १ सय बोनस रकम तत्काल प्राप्त गर्ने छन । सो स्किममा सहभागी बन्नका लागि प्रयोगकर्ताको केवासी फारम भेरिफाइड हुनुपर्ने कम्पनीले  जनाएको छ । 

यसरी प्रयोगकर्ताको ‘आइएमई पे’ मा मौजाद हुन आउने रकमबाट प्रयोगकर्ताले मोबाइल रिचार्ज, घरयासी प्रयोगमा आउने सेवाहरू जस्तैः पानी, बिजुली, इन्टरनेटको महसुल एवम् सरकारी दस्तुर, टिकट आदिको भुक्तान घरमै बसीबसी आफ्नै मोबाइलबाट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यसका अतिरिक्त जुनसुकै स्थलगत क्यूआर कोड स्क्यान मार्फत भुक्तान गर्न सकिने छ भने यी सवै सेवाका लागि ‘आइएमई पे’ डाउनलोड गर्न अनिवार्य रहेको कुरा कम्पनीले जनाएको छ । 

उक्त योजना अप्रील २१ देखि मे २१ (तदनुसार २०७८ वैशाख ०८ गतेदेखि जेठ ०७ गतेसम्म) गरी १ (एक) महिनासम्म नयाँ प्रयोगकर्ताहरूका लागि मात्र कायम हुने कम्पनीले जनाएको छ । स्किमलाई व्यवस्थित ढंगले संचालन गरी आम सेवाग्राहीहरूको पहुँचसम्म पुर्याउन कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ भने त्यस सम्बन्धि सम्पूर्णाधिकार कम्पनीमा नै निहित हुने कुरा कम्पनीले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x