रिलायन्स फाइनान्सको १०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

reliance finance limited

ज्ञानमाण्डू।साधारण सभा प्रयोजनका लागि बैशाख १० गते बुक क्लोज गर्ने तयारिमा रहेको रिलायन्स फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बैशाख ९ गते बिहिबार अन्तिम दिन रहेको छ ।

यस अनुसार, आजका दिन सम्म शेयारधनी बनेका लगानिकर्ता तथा शेयरधनीहरुले रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ शुन्य दशमलव ५३ प्रतिशतले हुन आउने नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लाभांश पारित गर्ने प्रयोजनार्थ फाइनान्सले बैशाख २२ गते बुधबार, लैनचौर बैंक्वेट, लैनचौरमा भर्चुअल माध्यमबाट ११ औँ वार्षिक साधारण सभा बोलाएको छ।

उक्त सभाले रिलायन्स फाइनान्स अन्य कुनै वित्तीय संस्थासँग एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती तथा विलय गर्न उपयुक्त देखिएमा नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने साथै प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x