धितोपत्र बजारमा २.६८ अंकको वृद्धि , यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनीहरु


ज्ञानमाण्डू।धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २ दशमलव ६८ अंकले बढेर २६६४ दशमलव ६१ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५० अंकले बढेर ४७९ दशमलव ६० को विन्दुमा पुगेको छ ।


आज कूल २१६ कम्पनीका १ करोड २३ लाख ६९ हजार ५०१ कित्ता शेयर रु ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० मा खरिद बिक्री भए । आजको कारोवारपछि बजार पूँजीकरण रु ३६ खर्ब ८९ अर्ब ६९ करोड ७५ लाख ७० हजार बराबर पुगेको छ ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये मात्र चार उपसमूहको शेयर ऒरालो लागेको छ । आज ट्रेडिङ उपसमूह ३४ दशमलव ३२ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १ दशमलव ६५ अङ्कले, विकास बैंक उपसमूह ४८ दशमलव ४२ अङ्कले, जलविद्युत उपसमूह ३१ दशमलव ७७ अङ्कले, वित्त उपसमूह ४ दशमलव ८८ अङ्कले, उत्पादन उपसमूह ५ दशमलव ८७ अङ्कले, अन्य उपसमूह ४ दशमलव ५ अङ्कले, लघुवित्त उपसमूह ६ दशमलव १९ अङ्कले र जीवन बीमा उपसमूह ५३ दशमलव ९८ अङ्कले बढेको छ। यता , बैंकिङ उपसमूह १ दशमलव ३७ अङ्कले घट्दा निर्जीवन बीमा २४ दशमलव ३९ अङ्कले सामूहिक लागनी कोष उपसमूह शुन्य दशमलव ०४ अङ्कले र लगानी उपसमूह १ दशमलव ०५ अङ्कले घटेको छ।



कारोबारको आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । आज नागरिक लगानी कोषको २१ करोड ४२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव १० प्रतिशतले घटेको छ । त्यस्तै, नेपाल पूर्वाधार बैंक लिमिटेडको १९ करोड ८६ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज शुन्य दशमलव ५२ प्रतिशतले घटेको भएको छ ।

आज नबिल बैंक लिमिटेडको १५ करोड ८२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडको १५ करोड ६४ लाख रुपैयाँ माथिको र अरुण काबेली पावर लिमिटेडको १४ करोड ३३ लाख माथिको शेयर कारोबार भएको छ।



आज महिला लघुवित्त वित्तिय संस्था लिमिटेड र युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसै गरि, ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन्। यता हिमालयन उर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले ९ दशमलव ८५ प्रतिशतका दरले कमाएका छन् भने लिबर्टी  इनर्जी कम्पनी लिमिटेडका लगानीकर्ताले ८ दशमलव ०७ प्रतिशतका दरले कमाएका छन्।


त्यसैगरी आज सबैभन्दा धेरै समृद्धि फाईनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । सो कम्पनीका लगानीकर्ताले २ दशमलव ४७ प्रतिशतका दरले गुमाएका छन् । यता ओरियन्टल होटल्स लिमिटेडका लगानीकर्ताले २ दशमलव २२  प्रतिशतका दरले गुमाएका छन् भने एन आर एन लिमिटेडका लगानीकर्ताले २ दशमलव ०४ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै , चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले २ दशमलव ०३ प्रतिशतका दरले गुमाएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x