आईएमई जेनेरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ज्ञानमाण्डू।साधारण सभा प्रयोजनका लागि बैशाख २ गते देखि बुक क्लोज गर्ने तयारिमा रहेको आईएमई जेनेरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज बैशाख १ गते बुधबार अन्तिम दिन रहेको छ ।

यस अनुसार, आजका दिन सम्म शेयारधनी बनेका लगानिकर्ता तथा शेयरधनीहरुले आईएमई जेनेरल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ नगद लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

लाभांश पारित गर्ने प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १२ गते आईतबार, आफ्नो केन्द्रिय कार्यालय, नक्साल, काठमाडौँमा २३ औँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त सभाले बोनस शेयर वितरणपश्चात ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्दैछ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७७/७८ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ । 

२३ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७८/०१/०२ देखि २०७८/०१/१२ गतेसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०१/१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x