सुनको मूल्यमा गिरावट, चाँदी तोलाको कति ?


ज्ञानमाण्डू।नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चैत ३१ गते, मङ्गलबारका दिन छापावाला सुनको मूल्य तोलाको ८९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ तोकिएको छ ।

सोमबार चैत ३० गतेका दिन छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ८९ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


मङ्गलबार सुनको मूल्यमा गिरावट आएसँगै चाँदीको मूल्य पनि वृद्धि घटेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँमा किनबेच हुँदैछ । सोमबार नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँले ओरालो लागेको देख्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x