घलेम्दी हाइड्रोले बैशाख २३ गते वार्षिक साधारण सभा गर्ने, हेर्नुहोस् बुक क्लोज कहिले ?

ज्ञानमाण्डू।घलेम्दी हाइड्रो लिमिटेडले बैशाख २३ गते, बिहिबारका दिन सातौं वार्षिक साधारण सभा गर्ने भएको छ । हाइड्रोको सो सभा बिहान ११ बजे पश्चात् होटल मुनलाईट, पक्नाजोल, काठमाडौँमा आरम्भ हुने घलेम्दी हाइड्रो लिमिटेडलेले जानकारी दिएको छ। हाइड्रोको चैत २९ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हालको कोभिड १९ को माहामारीको कारण नेपाल सरकारले जारी गरेको सुरक्षा मापदण्डको पूर्ण पालना गरी सभा सम्पन्न गर्नुपर्ने विशेष परिस्थितिका कारण घलेम्दी हाइड्रो लिमिटेडले Virtual माध्यमबाट उक्त सभामा उपस्थित निमित्त Meeting ID/ password का लागि कम्पनीको Email id: [email protected] मा समयमा नै सम्पर्क गरी प्राप्त गर्न सकिने जानकारी दिएको छ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७४/७५ र २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७५/७६ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ । सो सभाले कुनै विशेष प्रस्ताव प्रतिवेदन बारे छलफल गर्ने छैन। 

सातौं वार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७८/०१/१६ देखि २०७८/०१/२३ गतेसम्म संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०१/१५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन योग्य हुने छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x