प्रभु बैंक लिमिटेड र होटल सिताशरण प्रा. लि. का बिच आकर्षक छुट गर्ने सम्झौता सम्पन्न



ज्ञानमाण्डू। हिजो मिती २०७९ साउन ३१ गतेका दिन प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रा .लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साह र होटल सिताशरण प्रा .लि. का तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । 


प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल सिताशरण प्रा .लि. द्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ । 


उक्त सम्झौता अन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरणका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाएको तथा यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने कुरामा बैंकले विश्वास लिएको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x