४ अर्ब अधिक नाफा र वितरणयोग्य मुनाफा कमाएको नबिल बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। नबिल बैङ्कको नाफा ३०.०६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ३ अर्ब ४६ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ४ अर्ब ५० करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले २ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १९ अर्ब ४८ करोड रुपैयाँ र संचित मुनाफा ४ अर्ब ३० कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १०.६४ प्रतिशतले बढेर ७ अर्ब ७२ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफा ४ अर्ब १४ कराेड रुपैयाँ रहेकाे छ अर्थात नबिल बैङ्कले आफ्ना शेयरधनिहरूलाई आ.व. २०७७/७८ काे वितरण याेग्य मुनाफाबाट २९.९५ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.७८ प्रतिशत र प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ५४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ ७३ पैसा र पछिल्लाे काराेबार मूल्य रू १५०५ काे आधारमा मूल्य आम्दानी अनुपात ४६.३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x