धितोपत्र बजारमा एकल अङ्ककाे गिरावट, नेप्से २०४०.७० को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव ३६ अंकले घटेर २०४० दशमलव ७० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव २८ अंकले बढेर ३९४ दशमलव ६७ को विन्दुमा पुगेको छ ।


आज कूल २२० कम्पनीहरूका ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर रु १ अर्ब ४० करोड ५९ लाख ७४ हजार २५६ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य विकास बैंक उपसमूह २२ दशमलव ३२ अङ्कले, जलविद्युत उपसमूह १६.३२ अङ्कले, वित्त उपसमूह ७.८९ अङ्कले, निर्जीवन बीमा ३३.०८ अङ्कले, उत्पादन उपसमूह २.५२ अङ्कले, लघुवित्त उपसमूह ३.०९ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०५ अङ्कले बढेका छन्। यता, बैंकिङ उपसमूह ३ दशमलव ७५ अङ्कले घट्दा ट्रेडिङ उपसमूह ३.८४ अङ्कले, होटल तथा पर्यटन उपसमूह शुन्य दशमलव १८ अङ्कले, अन्य उपसमूह ३.४२ अङ्कले, जीवन बीमा उपसमूह ४५.३३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १३ अङ्कले घटेकाे छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x