सोमबार नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचीकृत


ज्ञानमाण्डू।नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज सोमबार चैत १६ गतेका दिन दुई लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा सोमबार एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेड र आरएसडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल १४ लाख ६६ हजार २४३ दशमलव ७ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


सोमबार सूचीकृत भएको एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांस स्वरूप आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ गत आर्थिक वर्षको मुनाफाबाट कायम चुक्ता पुँजीको १९ प्रतिशतले हुन आउने बोनस शेयर वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा बिहिबार सूचीकृत भएको हो।नेपाल स्टक एक्सचेन्जमा सोमबार एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको कुल ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।


त्यस्तै, सूचीकृत भएको आरएसडीसी लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९ प्रतिशतले हुन आउने बोनस शेयर आफ्ना शेयरधनी तथा लगानिकर्ताहरु माझ वितरण गरेको थियो । लघुवित्तको सोहि बोनस शेयर नेप्सेमा सोमबार सूचीकृत भएको हो।नेपाल स्टक एक्सचेन्जमा सोमबार आरएसडीसी लघुविको कुल ६ लाख ४ हजार ३ सय ७० दशमलव ४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x