फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन ध्यानाकर्षण

ज्ञानमाण्डू।काठमाडौँ महानगरपालिकाले फुटपाथ र ठेलागाडा व्यापारमा प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गरेको छ । कामपाका उपप्रमुख हरिप्रभा खड्गीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई भेटी सोबारे ध्यानाकर्षण गराएका हुन् । काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले यही भदौ २४ गते जारी गरेको आदेशको सञ्चालन गर्न सकिने क्रियाकलापअन्तर्गत बुँदा १० मा ‘फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसल, इलेक्ट्रिक र इलेक्टोनिक्स पसल र डिपार्टमेन्टल स्टोर बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि ७ बजेसम्म खोल्न सकिने भनिएको छ ।

सो बुँदामा उल्लेख भएका व्यवसायमध्ये ‘फुटपाथ र ठेला व्यापार’ लाई पूर्ण प्रतिबन्ध लगाउने गरी पुनःआदेश जारी गर्न ध्यानाकर्षण गराइएको हो । उपप्रमुख खड्गीले वार्षिक नीति र कार्यक्रमबाट नै फुटपाथ पसल हटाउने निर्णय गरिसकेकाले अहिलेको आदेश महानगरको यो नीति विपरीत रहेको जनाए । “अर्कोतिर शहरमा सङ्क्रमण फैलिँदो दरमा छ, यसै पनि कन्ट्रयाक्ट ट्रेसिङ जटिल छ, यदि फुटपाथ पसल र ठेला व्यापार खोल्ने हो भने महामारी नियन्त्रण बाहिर जान सक्छ”, उपप्रमुख खड्गीको भनाइ छ । ध्यानाकर्षणपत्र बुझिसकेपछि प्रजिअ दाहालले माहामारीका समयमा सो पेशामा बसेर काम गर्ने मानिसलाई परेको समस्या खुकुलो बनाउन खोजिएको बताएजा छन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x