धितोपत्र बजारमा दोहोरो अङ्कको वृद्धि, यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी


ज्ञानमाण्डू।साताको पहिलो कारोबारी दिन धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव २० अंकले बढेर २६९१ दशमलव ५५ को सर्वाधिक उच्च विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ७८ अंकले बढेर ४८० दशमलव २९ को विन्दुमा पुगेको छ ।



आज कूल २१६ कम्पनीका १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर रु ७ अर्ब ६१ करोड ८ लाख २८ हजार ५० मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह शुन्य दशमलव ५९ अङ्कले बढ्दा , विकास बैंक उपसमूह ३९.३६ अङ्कले, निर्जीवन बीमा १६३.७६ अङ्कले, उत्पादन उपसमूह १४.०६ अङ्कले, लघुवित्त उपसमूह १८८.५६ अङ्कले, जीवन बीमा १९७.७९ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०२ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह ६९.६२ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ७५.१९ अङ्कले, जलविद्युत ४२.६७ अङ्कले, वित्त उपसमूह १.३६ अङ्कले, अन्य उपसमूह २९.७२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ३३ अङ्कले घटेको छ। 



कारोबारको आधारमा आज एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । आज एनआईसी एशिया बैंकको २५ करोड ३ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज ३ दशमलव ३८ प्रतिशतले बढेको छ । त्यस्तै, नबिल बैंक लिमिटेडको २४ करोड ४२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य धितोपत्र बजारमा आज १ दशमलव ३५ प्रतिशतले बढेको छ ।

आज नेपाल पूर्वाधार बैंक लिमिटेडको २२ करोड २ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ । त्यस्तै, आज नेपाल बैंक लिमिटेडको २१ करोड २८ लाख रुपैयाँ माथिको र गरिमा विकास लाघुवित्त वित्तिय संस्था लिमिटेडको १९ करोड ६० लाख माथिको शेयर कारोबार भएको छ।



आज सबैभन्दा धेरै एनआईसी एशिया लाघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

महिला लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् भने छ्याङ्गदी हाइड्रोपावर लिमिटेड र ज्योति लाईफ इन्स्योरेन्स लिमिटेड कम्पनीका लगानीकर्ताले क्रमश: ९ दशमलव ८७ प्रतिशत र ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन्।



त्यसैगरी आज सबैभन्दा धेरै सान्जेन जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले अधिकतम गुमाएका छन् । कम्पनीका लगा नीकर्ताले ४ दशमलव ४१ प्रतिशतका दरले गुमाएका छन् । यता हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३ दशमलव ९५ प्रतिशतका दरले गुमाएका छन् भने यूनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताले ३ दशमलव ६५ प्रतिशतका दरले गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x