एनआईसी एशिया बैंककाे ‘एनआईसी एशिया सपोर्ट सेवा’

Image result for nic asia bank
ज्ञानमाण्डू। एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सपोर्ट सेवा’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।
एनआईसी एशिया सपोर्ट पेजमार्फत् बैंकको सूचना तथा गुनासो सुनुवाइका विभिन्न माध्यमहरु एकै स्थानमा एकीकृत गरी ग्राहकवर्गको सुविधाको लागि एकै स्थानबाट गुनासो सुनुवाइ गर्नुका साथै आवश्यक सूचनाहरु समेत प्राप्त गर्न सकिनेछ ।
सेवाको प्रयोगबाट सेवाग्राहीले बैंकको वेबसाइटमा लगइन गरी लाईभ च्याटमार्फत् सहभागिता जनाउन तथा फिडब्याक पेजमार्फत् सुझाव समेत राख्न सक्नेछन् । साथै, बैंकको सेवासम्बन्धी सूचना र नयाँ कार्यक्रमहरुबारे जानकारी पाउन सक्नेछन् ।
यो हेल्पडेस्क पेजमा साइनइन गरी सेवाग्राहीले सुझाव तथा गुनासोहरु राख्नुका साथै ती सुझाव तथा गुनासोहरुको सम्बोधनबारे जानकारी प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x