तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा


ज्ञानमाण्डू।मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने जानकारी दिएको छ ।

मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आबद्ध सबै ब्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको जानकारी दिएको छ । मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम ब्यबसाय संचालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने उल्लेख गरेको छ ।

उक्त सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत मिल्ने विश्वास मेगा बैंक नेपालले लिएको छ । मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्ने कुरा बैंकले यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x