कहिलेसम्म पाइन्छ ‘कुमारी इक्विटी फण्ड'मा आवेदन दिन ?


ज्ञानमाण्डू।कुमारी क्यापिटलले फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘कुमारी इक्विटी फण्ड' नामक सामुहिक लगानी कोषमा आवेदन दिने फागुन २८ गते अन्तिम दिन रहेको छ।

कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याएको हो। दसवर्षे बन्दमुखी यस ‘कुमारी इक्विटी फण्ड' नामक योजना अन्तर्गत निष्कासन गरिएको कुल इकाईमध्ये १ करोड २० लाख इकाई कोष प्रवद्र्धक कुमारी बैंकलाई छुट्याइएको छ भने बाँकी रहेको ६ करोड ८० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त फण्डमा न्यूनतम १०० इकाईदेखि ८० लाख इकाईसम्म आवेदन दिन सकिन्छ ।

फण्डले पहिलो चरणमा छिटोमा फागुन १८ गते सम्म आवेदन दिन सकिने जनाएको थियो। तर, सो अवधिसम्ममा माग अनुसारको आवेदन नपरेका करण अब ढिलोमा फागुन २८ गतेसम्ममा आवेदन दिने समय थप गरिएको हो । यदि मागभन्दा बढी आवेदन परेमा फागुन २८ गतेभन्दा अघि नै निष्कासन बन्द गर्न सकिने पनि क्यापिटलले जानकारी दिएको छ।

यस फण्डको योजना व्यवस्थापक कुमारी क्यापिटल हो । कुमारी क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । ‘कुमारी इक्विटी फण्ड' नामक यस सामुहिक लगानी कोषको इकाईमा लगानीकर्ताहरुले ढिलोमा फागुन २८ गते साँझ कार्यालय समय सम्ममा आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा मेरो शेयर, अनलाइन मार्फत आवेदन दिइ सक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x