बुटवलमा फागुन ८ गते नवप्रवेशीलाई लक्षित एक दिने शेयर तालिम हुँदै

share training in nepal
 
ज्ञानमाण्डू। साइन्टिफिक लर्निङ सेन्टर प्रा.लि. ले फागुन ८ गते शनिवार बुटवलमा नवप्रवेशीलाई लक्षित एक दिने शेयर तालिम बिहान १० बजे देखि बेलुका ५ बजेसम्म संचालन गर्ने भएकाे छ।

बुटवल मिलनचोक स्थित दियालो फुडल्याण्डमा संचालन हुने सो तालिमका विशेषताहरूमा शेयर बजार र परिचय, डिम्याट खाता र मेरो शेयरको बारेमा जानाकरी, प्राथमिक बजार र आईपीओ, दोश्रो बजार, शेयर बजारमा कसरी प्रवेश गर्ने ?,दोश्रो बजार र शेयर मूल्य निर्धारण, परिसुचक र सर्कीट ब्रेक, लाभांश र हकप्रद शेयर, बुक क्लोज र मूल्य समायोज, आधारभूत अनुपात जस्तै: प्रति शेयर आम्दानी, मूल्य आम्दानी अनुपात, किताबी मूल्य, ग्राम नम्बर आदी, शेयर बजारलाई प्रभाव पार्ने तत्त्वहरू के के हुन्‌?, वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, कम्पनी छान्ने तरिका र शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरण, नेपालमा अन्लाईन शेयर कारोबारको महत्त्व र यस क्षेत्रबारे विशेष जानकारी रहेकाे जनाइएकाे छ ।


साइन्टिफिक लर्निङ सेन्टरले सस्तो शुल्कमा खास गरेर नवप्रवेशीहरुलाई लक्षित गरी तालिम संचालन गर्दै आएको कुरा जानकारी गराउदै शेयर विश्लेषक सन्तोशराज बजगाईले प्रशिक्षकको भूमिका निर्वाह गर्ने कुरा जनाएकाे छ । थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर ९८५११८०२२२ वा ९८०१८२८०८१/८३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x