एनआईसी एशिया बैंकको २ नयाँ शाखा

ज्ञानमाण्डू। एनआईसी एशिया बैंकले दुई नयाँ शाखा विस्तार गरेको छ । ग्रामिण तथा दुर्गम स्थानहरुका साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई दरिलो बनाउने क्रमसँगै बैंकले काठमाडौं उपत्यका भित्र दुई नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
काठमाडौं महामनगरपालिका वडा नं १४,मेट्रो हल,कुलेश्वर स्थित कुलेश्वर शाखाको उद्घाटन उपप्रादेशिक कार्यालय, प्रदेश नं ३ का प्रमुख अमित केसीले गरे भने काठमाडौं महानगरपालिका वडा नं ३२, कोटेश्वर स्थित कोटेश्वर शाखाको उद्घाटन प्रादेशिक कार्यालय,प्रदेश नं ३ का प्रमुख राजेश रावलले गरे ।
बैंकले हालसम्म मुलुकभर २ सय ८१ शाखा कार्यालयहरु, २ सय ८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २४ वटा शाखा रहित बैंकिङ ईकाई मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप नयाँ शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x