महिला लघुवित्तको आईपीओ निष्काशन मिति सर्यो, हेर्नुहोस् अब कहिलेदेखि दिन सकिन्छ आवेदन ?

ज्ञानमाण्डू।महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर(आईपीओ) निष्काशन मिति परिवर्तन भएको छ । महिलाको लघुवित्तको आईपीओमा अब माघ ३० गतेदेखि छिटोमा फागुन ४ गतेसम्म र उक्त समयमा सबै सेयर बिक्री नभए ढिलोमा फागुन १४ गतेसम्म आवेदन खुला रहने छ।

यसअघि लघुवित्तले माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै छिटोमा फागुन २ गतेसम्म आइपीओ बिक्री खुला गर्ने आह्वानपत्र जारी गरेको थियो । तर सीडीएस एन्ड क्लियरिङ लिमिटेडको बिहीबारको पत्र अनुसार आइपीओ निष्कासन मिति परिवर्तन गरिएको महिला लघुवित्तले जानकारी दिएको छ ।

लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपै याँ बरा बरको प्राथमिक शेयर(आईपीओ) निष्काशन गर्न लगेको हो । कम्पनीले निष्कासन गर्न लागेको कुल ४ लाख कित्ता शेयर मध्ये ० दशमलव ५ प्रतिशतले हुन आउने (५ हजार कित्ता) कम्पनीका कर्मचारीरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको लघुवित्तले जनाएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडलाई ‘इक्राएनपी इस्यअर रेटिङ्ग डबल बी’ रेटिङ प्रदान गरेको छ, अर्थात् कम्पनीको वित्तीय दायित्व पूरा गर्न मध्यम जोखिममा रहेको आधार जनाउँछ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै सर्वसाधारण लगानीकर्ताले मेरोशेयर सफ्टवेयर प्रयोग गरी पनि आवेदन दिन सक्नेछन्।

हाल महिला लघुवित्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ भने आइपीओ बिक्रीपछि पुँजी १० करोड पुग्नेछ ।

गत आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७६/७७ मा प्रतिशेयर आम्दानी ५८ रुपैयाँ ८५ पैसा रहेको यस लघुवित्तले चालु आर्थिक वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा यस्तो आम्दानी ५१ रुपैयाँ २३ पैसा पुग्ने प्रक्षेपण गरेको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्ष ३१३ रुपैयाँ १६ पैसा रहेको छ भने चालु आर्थिक वर्षमा २९४ रुपैयाँ पुग्ने अनुमान गरेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x