नाफा र वितरण योग्य मुनाफा दुवैमा सानिमा बैङ्कको उलेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। सानिमा बैङ्कको नाफा ५२.१४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले ३७ कराेड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले ५६ करोड ७८ लाख रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

९ अर्ब ६८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सानिमा बैङ्कले १ खर्ब ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ३ अर्ब ७८ करोड रुपैयाँ र संचित मुनाफा १ अर्ब ९६ कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.८४ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ पुगेकाे छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा १० करोड २३ लाख नकारात्मक रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात ०.११ प्रतिशत र प्रतिशेयर आम्दानी २३ रुपैयाँ ४६ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ४१ पैसा र पछिल्लाे काराेबार मूल्य रू ४०५ काे आधारमा मूल्य आम्दानी अनुपात १७.३ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x