प्रभु बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर बिच आकर्षक छुट गर्ने सम्झौता



ज्ञानमाण्डू। आज मिति २०७९ असार ०९ गतेका दिन प्रभु बैंक लिमिटेड र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि. बिच नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि. मा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । 

 

बैंकका तर्फबाट खैरेनी शाखा कार्यालयका प्रमुख सरोज ज्ञवाली र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि.का तर्फबाट अध्यक्ष रुद्र बहादुर कार्कीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको बैंकले जनाएकाे छ । प्रभु बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि. बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि.द्धारा संचालित सबै शाखाबाट दिइने सम्पूर्ण प्रयोगशाला परीक्षण सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको बैंकले जनाएकाे छ । यस नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि. का शाखाहरु बुटवल, भैरहवा, तम्घास, सन्धिखर्क, तुलसीपुर, काठमाण्डौ, घोराही, धनगढीमा रहेको बैंकले बताएकाे छ


उक्त सम्झौता अन्तर्गत नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको
बैंकले जनाएकाे छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको
बैंकले जनाएकाे छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x