महालक्ष्मी विकास बैंककाे नाफा ३४ करोड माथि, प्रतिशेयर आम्दानी कति ?

mahalaxmi bikas bank
 
ज्ञानमाण्डू। महालक्ष्मी विकास बैंकको नाफा १३.७० प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ३० करोड ५० लाख ७९ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले ३४ करोड ६८ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब ७ करोड २० लाख ६१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको महालक्ष्मी विकास बैंकले ३६ अर्ब ४३ करोड ४ लाख ३६ हजार रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ८९ करोड २६ लाख ८८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ३२ करोड ६ लाख ३६ हजार रुपैयाँ र संचित मुनाफा ७७ कराेड ९७ लाख ५२ हजार रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ६.०५ प्रतिशतले बढेर ८४ करोड ८४ लाख ४१ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १२ करोड ४७ लाख १३ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात ४.७९ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ५८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ ३७ पैसा छ र मूल्य आम्दानी अनुपात १२.१३ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x