विभागीय टोली पुलिसको जित

ज्ञानमाण्डू।नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिग फुटबलमा दोस्रो जित दर्ता गराएको छ । 

ललितपुरको सातदोबाटो स्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा विभागीय टोली पुलिसले सङ्कटा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो जित दर्ता गराएको हो । जितसँगै पुलिसले ४ खेलमा ७ अङ्क जोड्दै अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । 

पुलिसको जितमा दुवै गोल सुमन लामाले गरे । खेलको १५औँ मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए । त्यस्तै खेलको १८औँ मिनेटमा सङ्कटाका अमित तामाङले एक गोल फर्काउँदै खेललाई एक/एक गोलको बराबरीमा ल्याए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । पुलिसका डिफेन्डरले डिबक्स एरियाभित्र ह्याण्ड गरेपछि सङ्कटाले पेनाल्टी पाएको थियो ।

खेलमा एक एक गोलको बराबरी भने लामो समयसम्म टिक्न सकेन । खेलको ३३ औँ मिनेटमा सौजन राईको पासमा पुलिसका सुमनले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए । खेलमा सुमन लामा म्यान अफ दि म्याच घोषित भएका छन् । पराजित सङ्कटाले चार खेलमा चार अङ्क जोडेको छ । सङ्कटा अङ्क तालिकाको दशौँ स्थानमा छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x