पोखरा फाइनान्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?


ज्ञानमाण्डू।पोखरा फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल पौष १ गते, बिहीबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ८.५ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

फाइनान्सको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९६ करोड ३१ लाख ४५ हजार ७९० रुपैंयाको ८.०७५ प्रतिशतले हुन आउने ७ करोड ७७ लाख ७४ हजार २३ रुपैँया बराबरको बोनस शेयर र सोहि पूँजीको ०.४२५ प्रतिशतले हुन आउने ४० लाख ९३ हजार ३७० रुपैंया बराबरको नगद लाभांश(कर प्रयोजनार्थ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने पोखरा फाइनान्स लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा पोखरा फाइनान्स लिमिटेडले कायम चुक्ता पूँजीको ५ प्रतिशतले हुन आउने बोनस शेयर र ०.२६३ प्रतिशतले हुन आउने नगद गरि जम्मा ५.२६३ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x