नेपाल राष्ट्र बैंकद्वारा चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय स्थिति सार्वजनिक


 ज्ञानमाण्डू।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको वित्तीय स्थिति बुधबार सार्वजनिक गरेकाे छ ।

प्रमुख झलकहरू

  • वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.९३प्रतिशत छ ।
  • आयात ९.६प्रतिशतले घटेको छ भने निर्यात ५.१प्रतिशतले बढेको छ ।
  • विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १०.९प्रतिशतले र अमेरिकी डलरमा ६.४प्रतिशतले बढेको छ । 
  • शोधनान्तर स्थिति रु.१०६ अर्ब ४८करोडले बचतमा छ ।
  • कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ५४करोड अमेरिकी डलर रहेको छ ।
  • संघीय सरकारको बैंकिङ्ग कारोवारमा आधारित खर्च रु.३०६अर्ब ६६करोड र राजस्व परिचालन रु.३०१अर्ब २३करोड छ ।
  • विस्तृत मुद्राप्रदाय ७.४प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २२.५ प्रतिशतले बढेको छ । 
  • बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.५प्रतिशत र निजीक्षेत्रमाथिको दावी ७.९प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २१.६प्रतिशत र निजी क्षेत्रमाथिको दावीको वृद्धिदर १३.१प्रतिशत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x