आदर्श लघुवित्तको नाफा ६८ लाख

Adarsha Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ८८६.१२ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ६८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२ करोड ७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको आदर्श लघुवित्तले २७ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, आदर्श लघुवित्तले १० करोड ८६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ करोड २३ लाख रुपैयाँ रहेको छ।

आदर्श लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १४.३७ प्रतिशतले बढेर १ करोड ७५ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.०६ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ ८८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २६१.९० काे आधारमा मूल्य आम्दानी अनुपात ७.८६ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x