स्वराेजगार लघुवित्तको नाफामा ३१.३० प्रतिशतको वृद्धि

Swarojgar Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। स्वराेजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ३१.३० प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १५ कराेड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले २० कराेड २६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

५१ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वराेजगार लघुवित्तले ७ अर्ब ३५ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, स्वराेजगार लघुवित्तले ३ अर्ब ५० करोड १९ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २९ करोड ६० लाख रुपैयाँ रहेको छ।

स्वराेजगार लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २५.७२ प्रतिशतले बढेर ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.३७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ४१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ५८ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९४६ काे आधारमा मूल्य आम्दानी अनुपात २४ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x