सिद्धार्थ बैंकको डिबेन्चर(ऋणपत्र) नेप्सेमा सूचीकृत

ज्ञानमाण्डू। आज मिति २०७७/०८/४ का दिन नेपाल स्टक एक्सचेन्ज लि. र सिद्धार्थ बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३०,००,००० थान ८.५% एस.बि.एल डिबेन्चर २०८४ (ऋणपत्र) धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम सम्झौता सम्पन्न भएको छ ।

नेप्सेमा सूचीकृत भएको सिद्धार्थ बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख इकाई ऋणपत्र, बैंकले असोज १६ गतेदेखि असोज ३० गतेसम्म सर्वसाधारण माझ जारी गरेको थियो । ७ वर्ष अवधि रहेको सो ऋणपत्रमा बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक अवधि समाप्त भएपश्चात भुक्तानी गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x