प्रभु बैंक लिमिटेड र क्लासिक प्लाजा होटल प्रा. लि. बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता


 

ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र सिमरा स्थित क्लासिक प्लाजा होटल प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट सिमरा शाखा कार्यालय प्रमुख विवेक नकर्मी र क्लासिक प्लाजा होटल प्रा. लि.का तर्फबाट महाप्रबन्धक पुष्पराज भट्टद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हाे । प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले क्लासिक प्लाजा होटल प्रा. लि.द्धारा सञ्चालित “फुड” सेवामा १५ प्रतिशत र “वेभरेज” सेवामा १० प्रतिशतका साथै “लजिङ्ग” सेवामा ३० प्रतिशत छुट प्राप्त हुने भएका छन् ।

उक्त सम्झौता अन्तर्गत क्लासिक प्लाजा होटल प्रा. लि.मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, क्लासिक प्लाजा होटल प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको
बैंकले जनाएकाे छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x