समीट लघुवित्तको नाफामा २१.२८ प्रतिशतको वृद्धि

Summit Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा २१.२८ प्रतिशतले बढेको छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ११ कराेड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले १४ कराेड ५३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४९ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी रहेको समीट लघुवित्तले ५ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, समीट लघुवित्तले ३ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २५ करोड ३२ लाख रुपैयाँ रहेको छ।

समीट लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १८.३६ प्रतिशतले बढेर ३४ करोड ८० लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.४२ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ २७ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ९३७ काे आधारमा मूल्य आम्दानी अनुपात ३१.८४ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x