दशैँ मेला उत्सवमा रोक

ज्ञानमाण्डू।यसपालि महोत्तरी जिल्लाका देवी शक्तिपीठ र मन्दिरहरुमा दशैँ उत्सव नहुने भएको छ । दशैँ पर्वमा आयोजन हुने मेला उत्सवको भीडमा कोभिड–१९ सङ्क्रमण जोखिम बढ्नसक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले यस्ता गतिविधिमा रोक लगाएको हो ।

जिल्लाको औरही नगरपालिकास्थित सोनामाई प्रसिद्ध देवी शक्तिपीठका रूपमा मानिन्छ । त्यसैगरी जलेश्वर नगरपालिकाको जलेश्वर नगर क्षेत्रभित्रका संसारी माई, राजदेवी माई र बर्दिवास नगरपालिका–४ स्थित पञ्चधुरा माई मन्दिरमा दशैँमा मेला उत्सव र बलि आयोजन हुँदै आएको छ । पर्वको अवसरमा हुने जमघट र भीडमा सङ्क्रमण जोखिम बढ्ने हुँदा यस्तो मेला आयोजन नगर्न निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए। 

जिल्लामा कोभिड–१९ सङ्क्रमण बढिरहेका बेला परेको दशैँ पर्व आ–आफ्नो घरपरिवारबीच मात्र मनाउन जिल्ला प्रशासन कार्यालयले शनिबार जारी गरेको निषेधाज्ञा आदेशमा उल्लेख छ । “देवी शक्तिपिठ र मन्दिरमा सम्बन्धित पुजारीले पर्वविशेषको विधिअनुसार नियमित पूजाआराधना गर्नेछन्”, प्रमुख जिल्ला अधिकारी कटुवालको हस्ताक्षरित आदेशमा भनिएको छ, “सामूहिक बलि, मेला उत्सव भने आयोजन गर्न पाइने छैन ।” 

जिल्लामा देवी शक्तिपीठ र मन्दिरमा मात्र नभई धेरैजसो गाउँनगर बस्तीमा देवी प्रतिमा स्थापित गरेर मेला आयोजन गर्ने परम्परा छ । यसपालि त्यस्ता मेला पनि आयोजना नगर्न जिल्ला प्रशासनले आदेशमा स्पष्ट पारेको छ । दशैँ पर्वभरि मदिरा बेचबिखन, सार्वजनिकस्थलमा सेवन गरिने काम दण्डनीय हुने आदेशमा उल्लेख छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने कार्यालयले स्पष्ट पारेको छ । 

जिल्लामा दिनदिनै कोभिड–१९ सङ्क्रमण बढिरहेकै छ । जिल्लामा शनिबारसम्म एक हजार ६४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यो सङ्क्रमणले जिल्लामा १६ जनाले ज्यान गुमाएका छन् । सङ्क्रमण बढ्नुको मुख्य कारण नै भौतिक दूरी निर्वाह नहुनु र सतर्कता नअपनाइनु देखिएको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहनुभएका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झा बताउछन् ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x