जीवन विकास लघुवित्तको खुद ब्याज आम्दानीमा १२.५ प्रतिशतको वृद्धि, प्रतिशेयर आम्दानीमा ३७.७४ प्रतिशतको गिरावट

Jeevan Bikas Laghubitta Bittiya Sanstha Limited

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा जीवन विकास लघुवित्त वित्तीय संस्थाकाे व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १२.५ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।

जीवन विकास लघुवित्तको नाफा १३.४ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ६८ कराेड ९५ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७८ कराेड १९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१ अर्ब ३ करोड ४२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको जीवन विकास लघुवित्तले २३ अर्ब ७७ कराेड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, जीवन विकास लघुवित्तले १० अर्ब ८ करोड १६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १ अर्ब ५४ करोड २० लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ०.९१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७५ रुपैयाँ ६० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू २९५२ काे आधारमा मूल्य आम्दानी अनुपात ३९ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x