गण्डकी मेडिकल कलेजमा प्रभु बैंकको काउण्टर सञ्चालन

ज्ञानमाण्डू।कास्कीको पोखरा महानगरपालिका वडा नं. ०९ स्थित गण्डकी मेडिकल कलेजमा प्रभु बैंक लिमिटेडले आज एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।

गण्डकी मेडिकल कलेज परिसरमा आज बिहान १०ः०० बजे गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रविन्द्र श्रेष्ठले एक समारोहका बीच प्रभु बैंक लि. गण्डकी मेडिकल कलेज एक्स्टेन्सन काउण्टरको उद्घाटन गरेका हुन्।

गण्डकी मेडिकल कलेजमा सञ्चालित प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म उपचार तथा स्वास्थ्यसम्बन्धी कार्यको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सम्पूर्ण सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध हुनेछ।

उपचारको सिलसिलामा गण्डकी मेडिकल कलेजमा आउने सेवाग्राहीहरुले बुझाउनुपर्ने जुनसुकै रकम विना झन्झट सरल एवं सहज रुपमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा जम्मा गर्न पाउनेछन्।

यस एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात् मेडिकल कलेजको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्फत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ।

साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरूलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरूको सेवामा समेत उल्लेख्य योगदान पुर्‍याउने प्रण बैंकले गरेको छ ।

प्रभु बैंकले २०८ वटा शाखा कार्यालय, १९२ वटा एटीएम, ५३ वटा एक्स्टेन्सन काउन्टर तथा १७ वटा शाखारहित बैंकिङ सेवामार्फत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x