यन्त्र लगाउँदै, धान काट्दै

ज्ञानमाण्डू।टीकापुरकी रामप्यारी चौधरीले एकैदिन एक्लैले एक बिघामा लगाएको धान काटेर भ्याइन् । विगतका वर्षमा उनले मजदुर खोजेर धान काट्न लगाउने गरेकी थिइन् । चौधरीलाई यस वर्ष धान काट्ने मेसिन रिपरको सहयोग भएपछि मजदुरको आवश्यकता नै परेन । जिल्ला सबैजसो किसान यतिबेला धान काट्न व्यस्त छन् । पाकेर पहेँलै भएको धान काट्न मेसिन भित्रिएपछि किसानलाई छिटो र सजिलो भएको छ ।

‘‘सबै किसानलाई अहिले धान काट्ने चटारो छ । धान पाकेर सुन जस्तै पहँेलिएको खेतलाई किसानले विभिन्न मेसिनको सहयोगमा काट्न थालेका छन्’’, रामप्यारी चौधरीले भनिन् , ‘‘विगतका वर्षमा हप्ता दिनसम्म हातले थोरैथोरै धान काट्ने गरेका किसान अहिले एकै दिनमा मेसिनको प्रयोगले धेरै धान काट्न थालेँ । आजभोलि धान काट्ने मेसिन रिपरको सहायताले धान काटिरहेका छन् ।’’ धान खेती गर्ने किसानलाई मेशिन भित्रिएपछि सजिलो भएको छ । 

विगतमा परिवारको सङ्ख्या बढी हुनेले धेरै काम गर्न सकिन्छ भन्ने थियो । हुन पनि परिवारमा धेरै सङ्ख्या भएकाले खेतीपाती बढी गर्थे । अहिले जमाना फेरिएको छ । एक सातामा सम्पन्न गरिने काम आजभोलि एक दिनमै सकिन थालेको छ । रिपरको सहायतामा धान काट्दा एक घण्टामा एक बिघा धान काट्न सकिन्छ । धेरै खेतीपाती गरेका किसानलाई धान काट्नका लागि धेरै जनशक्ति चाहिने गरेको अवस्थामा रिपरले अहिले धेरै सहज बनाएको जोशीपुरका रमेश सार्कीले सुनाए । ‘‘रिपरको सहयोगमा धान काट्दा श्रमशक्ति खोज्ने झन्झट कम हुन्छ । धान काट्न लागत समेत कम लाग्ने भएकाले धान कटाइमा रिपरको सहायताले धेरै सहज भएको छ’’, रमेश सार्कीले भने , ‘‘अब खेती गर्न चाहनेलाई सजिलो भएको छ । खेत जोत्न, काट्न सबै काम गर्न मेसिनको सहयोगले सकिन्छ ।’’

जानकी गाउँपालिकाका धर्मेन्द्र न्यौपानेले रिपरको सहयोगमा एकै दिनमा ६ बिघामा रहेको धान काट्नुभयो । उहाँले ७ घण्टामा ६ बिघा धान काटेर भ्याएको बताए । ‘‘मौसम हेरेर धान काटियो, अब एकै दिन मजदुर लगाएर धान उठाएर खेतमै दाउने योजना छ’’, न्यौपानेले भने , ‘‘मौसम यस्तो छ । छिटो काम सके ढुक्क हुन्छ भनेर मेसिन ल्याएर धान काटेका हुँ ।’’ रिपरले एक घण्टामा एक विघा क्षेत्रफलको धान काट्न सक्छ । यसका लागि थोरै जनशक्ति खेतमा परिचालन भए पुग्छ । रिपरको सहायताले धान काट्दा काम छिटो र समयमा सम्पन्न हुनेभएकोले मौसमबाट हुने जोखिम समेत कम हुने किसानको भनाइ छ ।

किसान शर्मिला चौधरीले एकै दिन काटेमा धान मज्जाले सुक्ने र खेतबाट समयमा किसानले धान उठाउन पाउँदा समयमा तरकारीबाली लगाउन पाउने, हिउँदे बाली लगाउन पाउने बताइन् । ‘‘लागत कम र सहज भएकाले हामीले मेशिनकै सहयोग लिन थालेका छौँ, ”’ चौधरीले भनिन् , ‘‘ धान काट्न रिपर र कम्बाइन हार्भेस्टर लगायतका साधनको प्रयोग गर्न थालेको छ ।’’रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x