कालिका लघुवित्तमा राेजगारीकाे अवसर - याेग्यता SLC/SEE पास, अनुभव नहुनेलाई पनि अवसर



Click here to join viber community for all Vacancy Updates.

ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको यस कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुको लागि तपसिल बमोजिमका पदहरुमा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आब्हान गरिन्छ ।

 

विज्ञापन नं. : ०१/०७९/८०

पद : सहायक प्रबन्धक

संख्या : १ जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता : स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ४ वर्ष वरिष्ठ अधिकृत तहको कार्य अनुभव भएको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा न्यूनतम ५ वर्ष वरिष्ठ अधिकृत तहको कार्य अनुभव भएको ।

विज्ञापन नं. : ०२/०७९/८०

पद : अधिकृत

संख्या : २ जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता : स्नातकोत्तर तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कनिष्ठ अधिकृत पदमा न्यूनतम २ वर्ष कार्य अनुभव भएको वा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कनिष्ठ अधिकृत पदमा न्यूनतम ३ वर्ष कार्य अनुभव भएको वा प्राविधिक वा विषय विशेषज्ञ कर्मचारीको हकमा स्नातक तह उत्तीर्ण भई कनिष्ठ अधिकृत पदमा न्यूनतम २ वर्षको अनुभव भएको वा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी निकटतम कनिष्ठ अधिकृत पदमा न्यूनतम ४ वर्ष कार्य अनुभव भएको हुनुपर्नेछ । 

 

विज्ञापन नं. : ०३/०७९/८०

पद : सहायक

संख्या : २० जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता : प्रविणता प्रमाणपत्र तह उत्तीर्ण वा एसएलसी परीक्षा उत्तीर्ण गरी निकटतम तल्लो पदमा न्यूनतम २ वर्षको कार्यअनुभव भएको हुनुपर्नेछ ।

विज्ञापन नं. : ०४/०७९/८०

पद : कनिष्ठ सहायक

संख्या : ६० जना

आवश्यक न्यूनतम शैक्षिक योग्यता : एसएलसी उत्तीर्ण वा एसईई परीक्षामा कम्तीमा डि प्लस ग्रेड (न्यूनतम १.६० जिपिए) प्राप्त गरेको हुनुपर्नेछ ।


क. उमेरको हद :
१. विज्ञापन नं. ०१ का लागि दरखास्त दिने अन्तिम मितिसम्म ३५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । 
 

२. विज्ञापन नं ०२ का लागि दरखास्त दिने अन्तिम मितिसम्म २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।  

३. विज्ञापन नं. ०३ र ०४ का लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । 

४. महिला उमेद्वारहरुको लागी माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ ।  

५. वित्तीय संस्थाको वहालवाला कर्मचारीहरुलाई उल्लेखित उमेर हद लाग्ने छैन । |


ख. थप जानकारी : 

१. माथि उल्लेखित सबै पदहरुको लागि कम्प्युटर सञ्चालन सम्बन्धी राम्रो ज्ञान भएको हुनुपर्नेछ । 

२. सवारी चालक अनुमति पत्र भएका उमेद्वारलाई ग्राह्यता दिईनेछ । 

३. आबेदकहरुले आफूले दरखास्त दिने पद खुलाईएको निवेदन सहित हालसालै खिचिएको फोटो, स्वयम् प्रमाणित बायोडाटा, शैक्षिक योग्यता, अनुभव र नेपाली नागरिकताको प्रतिलिपि निम्न ठेगानामा पठाउनु पर्नेछ । 

४. दरखास्त यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा [email protected] मा सिधै पठाउन सकिनेछ । 

५. नेपाल बाहिरका शिक्षण संस्थाबाट प्राप्त शैक्षिक प्रमाणपत्रहरु भए समकक्षता निर्धारणको प्रमाणपत्र पेश गर्नुपर्नेछ । 

६. तोकिएको मिति भन्दा पछि प्राप्त भएका वा रित नपुगेका निबेदनहरु स्वतः रद्द हुनेछन् । 

७. परिक्षाको किसिम : अन्तरवार्ता । 

८. आवेदकहरु मध्येबाट छोटो सूची (Short List) मा पर्न सफल भएका उमेद्वारहरुलाई मात्र अन्तरवार्तामा सहभागी गराईनेछ । 

९. दरखास्त आइपुग्ने अन्तिम मिति : २०७९/०५ /१२ गते कार्यालय समय सम्म हुनेछ । 

१०. कर्मचारी छनौट सम्वन्धी सम्पूर्ण अधिकार यस वित्तीय संस्थामा निहित रहनेछ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड 

केन्द्रीय कार्यालय : पोखरा-१०, बुद्धचोक कास्की, 

फोन : ०६१-४३४४१२,४३४४१५, 

ईमेल : [email protected]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x