धितोपत्र बजारमा एकल अङ्ककाे गिरावट, नेप्से २१८६.७६ को विन्दुमा | NEPSE


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक एकल अङ्कले घटेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ७२ अंकले घटेर २१८६ दशमलव ७६ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ६३ अंकले घटेर ४२० दशमलव ५० को विन्दुमा पुगेको छ ।


आज कूल २१८ कम्पनीहरूका ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर रु ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य ट्रेडिङ उपसमूह ८६ दशमलव ६८ अङ्कले, जलविद्युत उपसमूह ४२.७ अङ्कले, लघुवित्त उपसमूह ७.२६ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०३ अङ्कले बढेका छन्। यता, बैंकिङ उपसमूह ९ दशमलव ९ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह १४.८५ अङ्कले, विकास बैंक उपसमूह २३.६ अङ्कले, वित्त उपसमूह २ अङ्कले, निर्जीवन बीमा ८५.५५ अङ्कले, उत्पादन उपसमूह १३.१८ अङ्कले, अन्य उपसमूह २०.२८ अङ्कले, जीवन बीमा उपसमूह ७३.७२ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव १९ अङ्कले घटेकाे छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x