हिमालयन बैंकको नाफा २ अर्ब ४८ करोड, लाभांश दिन सक्ने क्षमता कति ?

Himalayan Bank Limited

ज्ञानमाण्डू। हिमालयन बैँकको नाफा १७ प्रतिशतले घटेको छ । आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चाैथाे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ४८ करोड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१२ अर्ब ९६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको हिमालयन बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने बैङ्ककाे जगेडा कोषमा ६ अर्ब ४६ करोड रुपैयाँ र सञ्चित मुनाफा २ अर्ब ६७ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३५.४४ प्रतिशतले बढेर ५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्ककाे वितरण योग्य मुनाफा २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । उक्त वितरण योग्य मुनाफाकाे आधारमा हिमालयन बैङ्कले आफ्ना शेयरधनिहरूलाई २०.५२ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएको देखिन्छ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.७७ प्रतिशत र प्रतिशेयर आम्दानी १९ रुपैयाँ १४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ५० पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ३५३ काे आधारमा मूल्य आम्दानी अनुपात १८.४४ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x