एन आई सी एशिया बैंक Continental Trading Enterprises को Financing Partner

ज्ञानमाण्डू। एन आई सी एशिया बैंक लिमिटेड र KIA ब्राण्डका सवारीको नेपालका लागि आधिकारिक विक्रेता Continental Trading Enterprises बीच बैंकलाई Financing Partner बनाउने समझदारी भएको छ । उक्त समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू तथा कम्पनीको तर्फबाट सहायक निर्देशक श्री आशिष पौडेलज्यूले हस्ताक्षर गर्नुभयो । उक्त ब्राण्डका कार बिक्री गर्दा कम्पनीले यस बैंकलाई Financing Partner बनाउने र बैंकले KIA ब्राण्डका उपभोक्ताहरूलाई सवारी कर्जामा थप सहज प्रदान गर्ने उक्त समझदारीपत्रमा उल्लेख छ । बैंकले ल्याएको सुपर चमत्कारिक सवारी कर्जामा वार्षिक ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कका साथै अन्य अतुलनीय र असीमित सुविधाहरूले भरिपूर्ण कर्जा मार्फत KIA ब्राण्डका कारहरू ग्राहकहरूले खरिद गर्न सक्नेछन् । Continental Trading Enterprises द्वारा बिक्री गरिने KIA ब्राण्डका कार खरिद गर्दा काठमाडौं उपत्यकाका उपभोक्ताहरूले प्रशासनिक शुल्क भुक्तानी गर्न नपर्ने आकर्षक सुविधा रहेको छ । यो सुविधा रातो प्लेटका निजी तथा व्यवसायिक प्रयोजनको लागि सवारी खरिद गर्न चाहने ग्राहकहरूले लिन सक्नेछन् ।



बैंकले उक्त चमत्कारिक सवारी कर्जामार्फत ग्राहकहरूलाई आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्रै कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरेको छ । यस सुपर चमत्कारिक सवारी कर्जाअन्तर्गत अधिकतम रू. २ करोडसम्मको रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी खरिद गर्न सकिने व्यवस्था छ र बैंकले रातो नम्बर प्लेटका निजी प्रयोजनको सवारीका लागि ५० प्रतिशत तथा व्यवसायिक प्रयोजनका रातो नम्बर प्लेटको सवारीका लागि ८० प्रतिशत कर्जा प्रवाह गर्ने समझदारी बैंक र Continental Trading Enterprises बीच भएको जनाएको छ । यस सुविधा उक्त कम्पनीका  देशभर रहेका सम्पूर्ण डिलरहरूबाट ग्राहकहरूले लिन सक्ने समझदारीपत्रमा उल्लेख छ । यस सँगै सवारी धितो राखेको हकमा ८ वर्षसम्म र सवारी तथा घरजग्गा दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ । बैंकको ‘सुपर चमत्कारिक सवारी कर्जा’ प्राप्त गरेपश्चात् पहिलो वर्षसम्म कर्जाको ब्याजदर परिवर्तन नहुने र यसको ग्यारेन्टीका निमित्त बैंक र ऋणीको बिचमा व्यवस्था हुने कर्जा प्रस्ताव पत्र र बैंकले ब्याजदर सम्बन्धी प्रतिबद्धता पत्रको व्यवस्था गर्नेछ  । एक वर्ष पश्चात् बैंकले ८.२५ प्रतिशत वा बेसरेट ८.२५ प्रतिशतभन्दा बढी भएमा बेसरेट बराबर नै यस कर्जाको ब्याजदर कायम गर्ने व्यवस्था गरेको छ ।

यस कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले बैंकले ‘सवारी कर्जा सहायता डेस्क’ स्थापना गरेको छ । यसका लागि सवारी खरिद गर्न चाहनेहरूले ९८४१७६३५८५ नम्बरमा सिधै फोन गर्न सक्नेछन् । यस बाहेक ३४४८८ मा ीयबल टाइप गरी एस एम एस (SMS) गरी थप जानकारी प्राप्त गर्न सकिनेछ । साथै बैंकको टोल फ्रि नम्बर १६६०–०१–७७७७१ तथा इमेल ठेगाना [email protected] मार्फत समेत कर्जाबारे जानकारी लिन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x